काठमाडौ । सुदुरपश्चिम प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेँगु संक्रमण बढेको छ । तराईमा अधिकाँस देखिने मलेरिया,डेँगु लगायत रोगको संक्रमणदर बढ्दै गएको छ ।
सुप स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार पहाडी जिल्लाहरुमा लामखुट्टेको टोकाइ बढेसंगै डेँगु संक्रमण बढेको हो । गत माघ यता यस प्रदेशमा १सय ४० जनामा डेँगु संक्रमण पुष्टि भएको छ । यी मध्ये पनि ४७ जना डोटीजिल्लाका रहेका छन् ।