सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आफ्नो मन्त्रीपरिषद विस्तार तथा कार्यविभाजन गरेका छन् ।
नेकपा एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला,माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका मूख्यमन्त्री सोडारीले अन्य पाँच जना एमालेका बीरबहादुर थापा र हीरा सार्की,माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी बिक र एकिकृत समाजवादीका माया पन्त विनाविभागीय मन्त्री रहेका छन् ।