सुर्खेत / सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भागबन्डा नमिल्दा सुदूरपश्चिममा विषयगत समितिको निर्वाचन रोकिएको छ।
बिहीबार निर्वाचन हुने भनिएको भए पनि सत्ता गठबन्धनका दलहरूबीच समितिको भागबन्डा नमिलेपछि उक्त तयारीअनुसार निर्वाचन हुन सकेन ।
भागवण्डाको टुंगो नलाग्दा विषयगत समितिको निर्वाचन स्थिगित भएको हो।
प्रदेश सभा सचिवालयले ७ गते नै विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको थियो। यस्तै असोज १० गते बिहान १० बजे मतदाता नामावली सार्वजनिक गर्ने भनिएको थियो।