काठमाडौ । नेपालमा पूर्वी भागमा मात्र मनसुनी प्रभाव रहेको छ । बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको न्युन चापीय क्षेत्रको आँशिक प्रभाव परेकोले बर्षात कम भैरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याँग सहित पानी पर्ने सम्भावना रहेको छ । लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आँशिक बदलिदेखि मौसम साधारणतया सफा रहने जनाइएको छ । कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागकका केही स्थानमा मेघगर्जन र चट्याँगसहित बर्षा हुने सम्भावाना रहेको विभागले जनाइएको छ ।