बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ।
बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए।
लुम्बिनीमा ८७ सदस्य प्रदेश सभामा एमालेका २९,काँग्रेसका २७,माओवादीका ११,नागरिक उन्मुक्ति र राप्रपाका ४।४,लोसपा र जसपाका ३।३,नेकपा एसमाजवादी र राष्ट्रिय जनमोर्चाका १।१ सांसद रहेका छन् । अंकगणितमा एमाले र कांग्रेस दुईमात्र मिल्दा पनि बहुमत पुग्ने देखिन्छ ।
यसैबिच मुख्यमन्त्रीले असार २४ गतेसम्म पर्खन आग्रह गरेका छन् ।