नेकपा माओवादी केन्द्रले कारबाही गरेर साँसद पदबाट फणिन्द्र देवकोटालाई मुक्त गरेको छ ।
गण्डकी प्रदेशसभा सदस्य देवकोटा गत चुनावमा नेकपा माओवादी केन्द्रको चूनावचिन्ह लिएर जितेका थिए ।
गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पार्टी ह्रिप विपरीत विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको हो । यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई कारबाही गरेको हो ।
शुक्रबार प्रदेश सभाको बैठकमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना सभामुख कृष्णप्रसाद धितालले सुनाएका थिए ।
फ्लोर क्रस गरेका देवकोटालाई मुख्यमन्त्रीले उपहार स्वरुप उर्जा,जलश्रोत तथा खानेपानी मनत्रालय दिएका थिए ।