वीरगन्ज । एमाले पार्टीले केन्द्रमा फेरिएको सत्ता समीकरणले मधेस प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने भएको छ ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिस सिंहले विश्वासको मत लिने तयारी गरेका छन् ।
एमाले संसदीय दलका नेता सरोज यादवले आफ्नो पार्टीले विश्वासको मत दिने बताए । उनले भने, ‘हाम्रो पार्टीले यही सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ, त्यसकारण हामीले ह्वीप पनि जारी गरिसकेका छौँ ।’
प्रदेश सभामा एमालेको २४, जनमतको १३, कांग्रेसको २२, लोसपाको ८, एकीकृत समाजवादीको ७, माओवादीको ९, नागरिक उन्मुक्तिको १ र नेपाल संघीय समाजवादीको १ जना सांसद छन् ।