जनकपूर । मधेश प्रदेशको सरकारले आगामी आर्थिक बर्षको लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले उठेका प्रश्नहरुको जवाफ दिए । र मुख्यमन्त्री सिंहले पारित गर्न प्रदेशसभा समक्ष पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिताकुमारी राउनतले निर्णयार्थ पेश गर्दा ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको हो ।