मधेश प्रदेश । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।
संघमा भएको सत्ता गठबन्धनको समिकरणमा आएको फेरबदलसँगै उनले बुधबार विश्वासको मत लिन लागेका हुन् । १८ महिनामा यो उनको पाँचौपटकको विश्वासको मत हो ।
पछिल्लो चरणमा नेकपा एमाले,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी ले उनलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिए पछि उनले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली काँग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताएका छन् ।