जनकपूर । विश्वासको मत लिनुभन्दा एकदिन अगाडी नै नेकपा (एकिकृत समाजवादी) ले जनता समाजवादी पार्टी नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
यतिबेला मुख्यमन्त्री बाहिर रहेकाले राजीनामा बुझाउन जनकपूरस्थित सरकारी निवासमा पुगेका नेकपा(एस) का दुईजना मन्त्री कुरेर बसेको जनाइएको छ ।
मुख्यमन्त्री यादवले बुधवार विश्वासको मत लिने तयारीमा हुँदै गर्दा नेकपा(एस) ले पनि उनको साथ छोडेपछि विश्वासको मत पाउने सम्भावना कमजोर हुँदै गएको छ।