विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरुको समस्या समाधान गर्न त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति बार्ता समिति गठन गरेको छ ।
सोमबारको प्रदेश मन्त्रीस्तरको बैठकले अन्य सदस्यहरुमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य रहेका छन् भने सदस्य सचिवमा कानून मन्त्रालयकै सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् ।