काठमाडौं । कान्ति लोकपथमा आजदेखि यातायातका सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ ।
मर्मत सम्भारका लागि २०८० चैत १ गतेदेखि लोकपथ बन्द गरिएको थियो ।
ललितपूरको बागमती गाउँपालिकाको वडा नं.३ झाँक्रीडाडाँबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिंग सकिएको र काल्चे क्षेत्रमा पनि कटिंगका काम सम्पन्न भएको आयोजनाका सूचना अधिकारी तथा इन्जिनीयर रवीन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार बहुवर्षे आयोजना भएकोले बाँकी काम अर्काे आर्थिक बर्षमा हुने भएकोले अहिले सवारी आवतजावत गर्न सडक खुला गरिएको छ ।
कान्ति लोकपथको हेटौंडा बुद्धचोकदेखि ललितपूरको सातदोबाटोसम्मको दुरी जम्मा ९२ किलोमिटर रहेको छ । यसमध्ये बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो भने बाँकी खण्डको जिम्मा सडक डिभिजन कार्यालय ललितपूरको रहेको छ ।