धादिङ/ नेपाल कम्यूनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले सरकारको भविष्यबारे चिन्ता गर्ने बेला आइनसकेको बताएका छन् ।
उनले सत्तासमिकरणका एमाले लगायत सबै दल यहि सरकारलाई पूर्ण अबधि टिकाउने पक्षमा रहको जिकिर गरे ।
आज प्रेस चौतारी,नेपाल धादि ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेले उक्त कुरा गरेका हुन् । यहि सरकारले जनहितका कामहरु गर्नुपर्ने ,जनतालाई सुशासनको प्रत्याभूति गर्नुपर्ने दायित्वबाट बर्तमान सरकार विमुख हुन नहुने उनको धारणा थियो । सरकारले राम्रो काम गरोस भन्ने हाम्रो चिन्ता हो एमाले धादिले आयोजना गरेको तीन दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनको निम्ति धादिङबेसी आइपुगेका महासचिव पोखरेलले भने ।