धूलिखेन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र सम्बृद्ध बनाउन नेकपा एमाले निर्णायक तहमा पुग्नु आवश्यक भएको बताएका छन् ।
नेकपा एमाले काभ्रे जिल्लाको ११ औं अधिवेशनको उद्घाटन गर्दै ओलीले एकतावद्ध राष्ट्रिय शक्तिको आवश्यकता उनले औल्याएका छन् । यसैले नेकपा एमालेले मिसन ८४ को अभियान थालनी गरेको बताएका छन् । मिसन ८४ एमालेको टर्निगँ प्वाइन्ट भएकोले यसको लागि नेकपा एमालेका सबै नेता कार्यकर्ताले गम्भिर भएर लाग्नुपर्नेमा जोड दिएका छन्। पूर्वप्रधानमन्त्रीओलीले सम्वृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउन नेपाली जनताले आफ्नो दललाई स्पष्ट बहुमत दिनुपर्ने बताए । विकास पूर्वाधार सहित कृषिमा आधुनिकीकरण,औद्योगिकीकरण र उत्पादनमूलक कार्यमा सबै लाग्ने बातावरण सृजना हुनुपर्नेमा ओलीको जोड थियो ।
जिल्ला कमिटी अध्यक्ष अशोक व्याञ्जूको अध्यक्षतामा संचालित उद्घाटन शत्रमा एमाले स्थायी कमिटी सदस्य गूरु बराल,पार्टी पोलिटब्यूरो सदस्य एवं काभ्रेका सांसद गोकुल बाँस्कोटा,,पोलिटब्यूरो सदस्य कृष्ण राई,बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुँगेल लगायतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरुलाई ओली लगायतका नेताहरुले स्वागत गरेका थिए ।
३ दिनसम्म चल्ने जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय नयाँ जिल्ला कमिटीको निर्वाचन समेत गर्ने बताइएको छ । बन्द शत्र धूलिखेल नगरपालिका सभाहलमा मंगलबार विहान ९ बजेदेखि शुरु हुने बताइएको छ ।