काठमाडौं । सत्तारुढ नेकपा एमालेका विभिन्न जिल्ला अधिवेशनहरु हुँदै छन् ।
यसैबिच नेकपा एमाले नुवाकोटको आठौं जिल्ला अधिवेशनमा मंगलबारबाट शुरु भएको छ । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्घाटन गरेको उक्त अधिवेशनको बन्दशत्र जारी छ । निर्धारित कार्यतालिका बमोजिम कार्य शुरु गर्न नेताहरुको विवादको कारण सकेको छैन् । वर्तमान पार्टी जिल्ला अध्यक्ष बद्री मैनाली र उपाध्यक्ष बुद्धि प्रधानबिच प्रतिष्पर्धा हुने देखिएको छ । विद्युतिय मतदानद्धारा ६११ प्रतिनिधिले मतदान गरी जिल्ला नेतृत्व चयन गर्ने आयोजकले बताएका छन् ।
यसैगरी नेकपा एमाले काभ्रे जिल्लाको ११ औं जिल्ला अधिवेशन आगामी जेठ २८ देखि ३० सम्म धूलिखेलमा हुने बताइएको छ । धुलिखेलमा हुने उक्त अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनेका छन् । पार्टी जिल्ला कमिटीको दशौं पूर्ण बैठकले अध्यक्ष अशोक व्याजूको संयोजकत्वमा प्रतिवेदन लेखन समिति,उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति,सचिव राजन भूर्तेलको संयोजकत्वमा प्रतिनिधी ब्यवस्थापन समिति,उपसचिव राजकुमार सापकोटाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ । करिव ७ सय पचास भन्दा बढी प्रतिनिधीले भाग लिने उक्त अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्नै सचिव राजन भूर्तेलले जानकारी दिए ।