रौतहट । चन्द्रपूर, यस बर्षको एसईइ परिक्षामा नमूना इंगलिस आवासीय विद्यालयले माध्यामिक शिक्षा परिक्षा(एसईइ),चन्द्रपूर नगरपालिकामा सर्वाेत्कृष्ट भएको छ ।
१२ सामुदायिक र ११ संस्थागत विद्यालयले आफ्ना विद्यार्थीहरुलाई परिक्षामा सम्मिलित गराएका थिए । यी मध्ये सतप्रतिशत विद्यार्थी उतिर्ण गराएर नमूना मावि चन्द्रपूरकै सर्वाेत्कृष्ट मावि बन्न सफल भएको छ ।
चन्द्रपूर वडा नं. ५ मा अबस्थित उक्त विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेसँगै उर्तिण विद्यार्थीहरुलाई बधाई दिंदै विद्यालयले आफ्नो स्थापनादेखि गुणस्तरीय शिक्षाको लागि दत्तचित्त भएर निरन्तर लागिपरेकोले यो उत्कृष्टता हासिल भएको भन्दै विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले सम्पूर्ण शिक्षक,अभिभावक समेत बधाईका पात्र रहेको बताउँनु भयो ।
उहाँले गएको एसईइमा ३९ जना विद्यार्थी सहभागी भएकोमा सबैले उत्कृष्ट जिपिए ल्याएर उर्तिण भएको जानकारी पनि दिनुभयो ।
यसैगरी विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठ समेत नतिजाले आफुहरु हौसिएको र अझै आगामी दिनमा शैक्षिक क्षेत्रको गुणस्तरीयता कायम राख्न अत्यन्तै सजग,सचेत र मिहेनतपूर्वक लाग्ने बताउँनु हुँदै बिद्यालय पास आउट भएका विद्यार्थीहरुलाई उच्च शिक्षामा अझै मिहेनत गरी सर्वाेत्कृष्टता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो । उहाँले यो खुशी हामी विद्यार्थी,शिक्षक र सम्पूर्ण अभिभावकलाई बाँड्न चाहान्छौं भन्दै श्रेष्ठले यो नतिजाले आफुहरुको बर्षाैंदेखिको मिहेनत खेर नगएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।