काठमाडौ । जल तथा मौसम विज्ञान विभागले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको बताएको छ ।बाँकी भूभागमा स्थानीय बायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आँशिक प्रभाव रहेको पनि जनाएको छ ।
यसैगरी कोशी,बागमती र गण्डकी प्रदेशमा आँशिकदेखि मूख्यतया मौसम सफा रहेको छ । गण्डकी र बाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन सहित चट्याँग पर्ने र हल्कादेखि मध्यम वर्षा भैरहेको पनि विभागले जनाएको छ ।
सोमबार दिउसो पनि बागमती,गण्डकी र कोशी प्रदेशमा आँशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । यसैगरी कोशी,बागमती र गण्डकी प्रदेका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याँग सहित पानी पर्ने सम्भावना रहेको छ ।
आज राति पनि कोशी,बागमती,गण्डकी र मधेश प्रदेशका केही स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याँगसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।