महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालयमा बिदा दिन थालिएको छ ।
जिल्लाको सुदूरदक्षिणवर्ती मनराशिसवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीका कारण सोमबारदेखि ६ दिन विद्यालयमा बिदा दिने सूचना जारी भएको हो ।
विद्यालय आउजाउमा बालबालिकाहरुलाई निकै समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए ।