
काठमाडौं। नेकपा एमालेको आज मध्यान्ह सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन् ।
काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको बन्दसत्र केन्द्रीय कमिटीको बैठक लम्बिएकोले अपरान्ह तीन बजेसम्मका लागि सारिएको हो ।
केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।






