
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज जेठ १९ बस्दै छ ।
बैठक सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बस्ने बताइएको छ ।
बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ । साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ ।


