हरेक वर्ष जेठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ। तीन दिनसम्म विशेषरुपमा चल्ने पनौती जात्रा विधिवत रुपमा भने नौ दिनसम्म चल्छ।
पनौती शहर ऐतिहासिक , धार्मिक र साँस्कृतिक बैभवताको त्रीबेणी हो । जति हेरेपनि आँखा नबिझाउने, प्राचिनतम सांस्कृतिक बिबिधताले भरिपुर्ण , प्राकृतिक सौन्दर्यले परिपुर्ण शहर हो पनौती । यहि पनौतीमा जेठ पुर्णिमामा पनौती जात्रा लाग्दैछ । पवित्र भुमि पनौतीमा लाग्ने यो जात्रालाई स्थानिय भासामा ज्यापुन्ही भनिन्छ । यो जात्राको बेला पनौतीका मानिसहरु खेतको काममा व्यस्त हुने हुनाले नेपाल भासामा ज्यापुन्ही भनिएको हो ।
पनौती शहर ऐतिहासिक , धार्मिक र साँस्कृतिक बैभवताको त्रीबेणी हो । जति हेरेपनि आँखा नबिझाउने, प्राचिनतम सांस्कृतिक बिबिधताले भरिपुर्ण , प्राकृतिक सौन्दर्यले परिपुर्ण शहर हो पनौती ।
यो जात्रामा चिउरि पाइने हुदा चिउरी जात्रा पनि भन्ने गरिन्छ । यो जात्राले रितुलाई सम्झाउछ । बर्साकोसंकेत गर्दछ ।हिलोमासमा हुने भएकोले हिले जात्रा पनि भनिन्छ । घुमको ब्यापार पनि हुने भएकोले यसलाई घुम जात्रा पनि भन्छन्। मन्दिरै मन्दिरको शहर पनौती भन्छन्।उत्तर प्रयाग, शचीतिर्थ, पावनधाम नामले पनि चिनिने पनौतीमा सैयौ जात्रा प्रचलित भए पनि पनौती जात्राको बिशेस महत्व छ । यो जात्रा इन्द्रेश्वोर महादेव, उन्मत भैरव, भद्रकाली र ब्र्म्हायणी देवी सङ जोडिएको जात्रा हो ।पाहुनाको स्वागत सत्कार साथ मनाइने यो जात्रा को सुरु ज्येस्ठ शुक्लपक्ष द्वादशी देखि हुन्छ ।
त्यसै बेला भव्य बाजागाजा सहित जात्रा गरि लगिएको ब्रम्हायणी को रथ त्रीवेणी घाट नजिक रहेको झोलुङेपुल पुर्याइन्छ र डुईँचा डायाकेगु सुरु गरिन्छ । त्रयोदसिमा बेलुका ब्र्महायणी को रथ पुल नजिक लगेपछि मुल पुजारि सुवाल र डुँई गरि तिन्जना सरकारी पुजा सहित ब्र्ममायणीको मन्दिर पुग्छ्न । पुलमा हिड्ने उनिहरुको अलग तरिका हुन्छ यसैलाई डुईँचा डायकेगु भनिन्छ । श्रोता दर्शक बृन्द, यो हिडाइ बारे चाख लाग्दो लोकोत्ति प्रचलित छ । त्यो के हो भने जात्राको समय एक पटक पुण्यमातामा ठुलो बाढी आएर तर्न सकिएन । त्यसपछि बासुकि नागको आराधाना गरियो ।
आरधाना पछि वासुकी नागले पुल जस्तै तेर्सिएर ब्रम्हायणी मन्दिर सम्म जान सजिलो बनाइदिए । नागको शरिर चिप्लो हुने भएकोले तिनिहरु बिस्तारै हिडे । यसैको स्मरण गरिएको हो डुईँचा डायाकेगु । अनि रथबाट सिहासन सहित ब्रम्हाय्णी देबिको मुर्ति ब्रम्हायनी मन्दिर पुर्याइन्छ मुर्तिलाई लशकुश गरि भित्र्याइन्छ । यतिबेला यहा जात्रा हेर्ने भिड छिचोलिनसक्नु हुन्छ । यसपछि भद्रकालीको रथलाई बाजगाजा सहित तान्ने चलन छ । त्यहि झोलुङेगे पुल नजिक पुगेपछि भद्रकालीलाई रथबाट निकालेर भ्रम्हायनी मन्न्दिर मा लश कुश गरि भित्र्याइन्छ ।
अब मन्दिर कोइ पस्न पाउदैन्। भित्र रातभर तान्तृक यज्ञ हुन्छ यो बेला रागो काटी बलि दिइन्छ ।यसै बेला पारि पट्तिको बाउकि नागलाई दुध पनि चडाइन्छ । श्रोता दर्शक , भोलि पल्ट बिहानै देखि भिड लाग्छ । आ आफ्नो हैसियत अनुसारका पुजा गर्ने र बलि दिने गरिन्छ । यो दिनलाइ मुजात्रा अर्थात मुल जात्रा भनिन्छ ।।यसै दिन गणेशको भव्य जात्रा हुन्छ ।।गणेशलाई बजार परिक्रम गराइन्छ ।भैरबको पुजा आज गरि इन्द्रेश्वर मन्दिर को चोक भित्र रांगो काट्ने चलन पनि छ । अर्को दिन जात्रामा उन्मत्त भैरब र भद्रकालीलाई माला जस्तै लगाएर जोगि चक्र दिने प्रचलन पनि छ । पुर्निमाको दिन कुब रमाइलो हुन्छ नि याहाँ । लायकु डबलिमा इन्द्रेश्वोर माहादेब , भद्रकाली र उन्मत्त भैरव का रथहरु जुदाइन्छ्।