काठमाडौं । स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमिति को बार्षिक साधारण सभा बाट सर्बसम्बत चार बर्षका लागि महास्थबीर भिक्षु श्री धर्ममूर्तिज्युको अध्यक्षता मा नयाँ कार्यकारिणी चयन भएको छ ।
साधारण सभा बाट अध्यक्षमा महास्ठबीर भिक्षु श्री धर्ममूर्ति, उपाध्यक्ष : श्री सुरेश बाबु योञ्जन लामा, श्री योजेस बज्राचार्य , महासचिब श्री अशोक काजि बुद्धाचार्य, सचिब श्री चन्द्र बुद्धाचार्य, कोषाधक्ष श्री तेज रत्न ताम्राकार, सहकोषाधक्ष प्रा। डा. केशब श्रेष्ठ, सद्स्य हरुमा श्री राजु लामा र श्री गौतम शाक्य चयन भएको छ।
साधारण सभामा महासचिब श्री अशोक बुद्धाचार्य ले प्रगति बिवरण तथा भावी योजना पेश गर्नु भएको थियो भने उक्त अवसर मा संस्था लाई सहयोग गर्ने बिभिन्न सहयोगी सरकारी र गैरसरकारी संघ सस्था लाई धन्यबाद दिनु भयो ।
पुरातत्व विभागको मापदण्ड अनुसार महासमिति अगाडी बढदै गएकोमा भविस्यमा पनि यस विश्व सम्पदा क्षेत्रको सर्बपरी बिकाश र संरक्षण का लागी पर्ने र मूर्त तथा अमूर्त सम्पदा लाई यथावत राखी हरियाली जोगाई अगाडी बढ्ने योजना रहेको कुरा बताउनु भयो।
महासमितिका सहकोषाधक्ष तेजरत्न ताम्राकारले आ. ब। २०८१/२०८२ को अनुमानित आयव्यय बजेट प्रस्तुत गर्दै, पर्यटक, तथा सर्ब साधारण र सम्बन्धित सबै लाई धन्यवाद दिनु भयो ।
उक्त सभामा नागरिक उद्दयन, पर्यटन तथा सस्कृति मन्त्रालय का सहसचिब श्री सुरेश श्रेष्ठ तथा पुरातत्व विभागका सम्पदाबिज्ञ देबेन्द्र भट्टराईले महासमितिले आगामी दिन हरुमा गर्नु पर्ने बारे निर्देशन पनि दिनु भयो ।
महासमितिका ई. श्री राजेश सुवाल ज्युले स्वयम्भू मा भए गरेका बिकाश मूर्त ,अमूर्त सम्पदा सम्बन्धमा र वन संरक्षण का लागि चालिएका कदम बारे पावर पोइन्ट प्रस्तुत गर्दै सभा मा उठेका सवालमा महासचिब र अध्यक्षले उत्तर दिनु भएको थियो ।