काठमाडौ । एकिकृत समाजवादीले केन्द्रीय समीकरण अनुरुपको मधेश सरकार बनाउन प्याकेजमा सहमति हुनुपर्ने अडान कायमै राखेको छ । प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओलीसँग सोमबार भएको वार्तामा एकिकृत समाजवादीका अध्यक्ष नेपालले उक्त कुराको अडानबारे जानकारी दिएका हुन् । बार्तामा नेपालले मधेशसहित सुदूरपश्चिम,कर्णाली र कोशी प्रदेशमा प्याकेजमै सहमति हुनुपर्ने कुरामा जोड दिएका छन् ।