काठमाडौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सचिवालयको बैठक बोलाएका छन् ।
सोमवार दिउसो साँढे १२ बजेको निम्ति सचिवालय बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । उनका अनुसार महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा बैठक बस्न लागेको हो ।