काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रतिगामी सोच र चिन्तनका विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुन पार्टी निकट विद्यार्थी एव्ं युवाहरुलाई निर्देशन दिएका छन् ।
देशमा विद्यमान असन्तुष्टीहरुलाई भड्काउने खालका प्रतिगामी सोचका विरुद्ध युवा विद्यार्थीहरु एकजुट भएर प्रतिवाद गर्नुपर्ने ओलीको भनाइ थियो ।
नेकपा एमाले निकट यवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिगामीका गलत प्रचारबाजीलाई चिरेर अगाडी बढ्नुको विकल्प नभएको धारणा राख्दै ओलीले गलत हौवा र प्रचारबाजीको खण्डन गर्न पनि निर्देशन दिए ।
नेकपा एमाले मिसन ८४ को लाई आफ्नो पक्षमा पार्न दृढतापूर्वक उभिएको उल्लेख गर्दै उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण युवा विद्यार्थीहरु लाग्नुपर्ने बताए ।