काठमाडौं । जनता समाजबादी पार्टी(जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारीको लागि दस्तुर निर्धारण गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिकामा विभिन्न पदका लागि दस्तुर तोकिएको छ । केन्द्रीय प्रकाशन तथा प्रचारप्रसार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष ,सहअध्यक्ष,उपाध्यक्ष पदको उम्मेदवारको लागि सात हजार रुपैयाँ र केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ताको लागि २ हजार रुपैयाँ तोकिएको छ । जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपूरमा हुने भएको छ ।