काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान बस्दैछ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। ढकालले ३८ जिल्लाका नेता कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर ३२ पेज लामो प्रतिवेदन बुझाउनु अगाबै प्रतिवेदनका अंश बाहिर सार्वजनिक गरेको भन्दै ढकालमाथि अनुशासनको कारबाही चलेको हो।
उनलाई कारबाही गर्ने बारे अनुशासन आयोगले तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेको बताइएको छ ।
)