काठमाडौ । फ्रान्समा सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजाले बामपन्थी गठबन्धनले सरकार बनाउने संकेत गरेको छ ।
अहिलेसम्म प्राप्त मत परिणाम अनुसार तल्लो सदनको १८२ सीट उक्त गठबन्धनले विजयी गरेको छ ।
यस्तै दोस्रो स्थानमा राष्ट्रपति इमयानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धनले १ सय ६८ सिट जितेको छ । यसअघि पहिलो चरणको चुनावमा अग्रता लिएको अतिदक्षिणपन्थी न्याशनल र्याली (आरएन) भने १ सय ४३ सिटसहित तेस्रो स्थानमा छ ।
कूल ५७७ सदस्य रहेको उक्त सदनमा राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलाएन्सले १६८ सीटमा जीत हासिल गरेको छ । यसैगरी नेशनल र्यालीले १४३ सीट जितेको छ ।