काठमाडौ । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ।
आइतबार बसेको संसदीय दल बैठकबाट एमालेले प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’‘सरकार अल्पमतमा परे पनि विभिन्न निर्णय गरिरहेको छ, यो सरकारले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन,’ उनले भने, ‘सरकारलाई कुनै पनि निर्णय नलिन पनि हाम्रो बैठकले सचेत गराएको छ।’
राष्ट्रिय सहमतीको सरकार गठनको लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गरिदिनु पर्ने एमालेले बताएको छ ।
प्रधानमन्त्री राजिनामा नदिने बरु संसदमा बिश्वासको मत फेस गर्ने मुडमा भएको बेला एमालेको बैठकको यस्तो निर्णय आएको हो ।