काठमाडौ । राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टीले निर्णय गरेको हो।
प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन्। पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामासमेत दिइसकेका छन्।
साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा रहने जानकारीसमेत दिइसकेको छ।