बेलायतको विहिबार सम्पन्न आम निर्वाचनको मतपरिणाम धमाधम आउने क्रम जारी छ ।
सम्पन्न निर्वाचनको मुख्य प्रतिष्पर्धा वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबिच हुने अनुमान गरिएको छ ।
विगत १४ बर्षदेखि सत्तारुढ कन्जरभेटिभ दलको नेतृत्वमा बेलायतमा धेरै उथलपुथल भएका छन् । पछिल्लो आठबर्षको अबधिमा ५ प्रधानमन्त्री बनिसके ।
यो आम निर्वाचनमा विपक्षी लेबर पार्टीको पल्ला भारी हुने सर्वेक्षणहरुले बताएका छन् । सर्बेक्षण सावित भयो भने १४ बर्षपछि लेवर पार्टी सत्तासिन हुनेछ ।