काठमाडौं /नेकपा (एकिकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा भैरहेको छ ।
हिजोको नेकपा एमालेबाट विद्रोह गरेकाहरुको पार्टी हो यो । यो विद्रोहको नेतृत्व माधवकुमार नेपालले गरेका थिए । उतिवेला उनको विद्रोहको आधार र तर्क थियो एमाले विधि र पद्धतिमा चलेन् । नेतृत्वमा निरंकुशता र पेल्ने प्रवृद्धि बढेर गयो ।स्वेच्छाचारिताले मौलाउने मौका पायो । त्यसैले उनले विद्रोह गरे त्यहि आधारमा र विद्रोहको जगमा नेकपा एकिकृत समाजवादी पार्टीको गठन गरे आफ्नै नेतृत्वमा । तर आज त्यही विधि,विधान र पद्धतिको कुरा गर्नेले लोकतान्त्रिक मार्गमा आफुलाई लयवद्ध गराउन भने सकेनन् । हिजोका भूमिगतकालका कम्यूनिष्ट र नेकपा एमालेको सातौं महाधिवेशनभन्दा पनि पछाडि फर्किने प्रकृतिमा नेतृत्व चयन भयो ।
हुन त विधानत: सबै कुराहरु गरिए । निर्वाचन प्रकृयाको सूचना पनि टाँस भयो । एक हजार ८ सय सत्चालिस जनाको मतदाता नामावली टाँस पनि भयो । उम्मेदवारी फारम पनि बाँडिए । विहिबार अपरान्ह २ बजेबाट निर्वाचन हुने जानकारी पनि निर्वाचन समितिले जानकारी गरायो । तर सब लोकतान्त्रिक विधिभन्दा पछाडी फर्काइयो एक प्रतिनिधिले असन्तुष्टी ब्यक्त गरे । उसो त नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा स्टाटस नै हालेर विरोध गरिन् ।
प्रतिनिधिहरुले उतिवेलाको एमालेको दशौं महाधिवेशन सम्झिए । केपी ओलीको चाहाना विपरित पनि धेरै पदहरुमा चुनाव गर्नुपरेको थियो ।
यहाँ सहमतिको प्रयास गरेपछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत रूपमा टुंग्याउन सकिएको भनेर प्रतिनिधिहरुलाई जानकारी दिइ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधव नेपाल अध्यक्ष, आफु सम्मानित नेता र घनश्याम भुसाल महासचिव सर्वसम्मत भएको घोषणा गर्न भ्याए । यसका साथै बाँकी पदाधिकारी र सदस्यहरूको प्रस्ताव सचिवालयले नै तयार पार्ने शुक्रवार हलमा घोषणा गर्ने पनि उनले बताए । यसैविच केन्द्रिय कमिटीको आकार विधान भन्दा बढीको हुनसक्ने र पदाधिकारीमा पुरानै अनुहारको नाम घोषणा हुनसक्ने समेत एक प्रतिनिधिले बताए । सम्भवत आज बाँकी पदाधिकारी तथा सदस्यहरुको नाम सहित नयाँ कमिटीले पूर्णता पाउनेछ ।
तर विधि,विधान र पद्धति पालना नगर्ने भनेर एमालेबाट विद्रोह गरेर त्यसैको जगमा स्थापीत यो पार्टीले फेरी उहि पुरानै ढर्रामा आफुलाई खडा गर्दा पार्टी निर्माणको औचित्यता पुष्टी होला त ? यो त भविष्यले बताउने छ।