काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।
काठमाडौ प्रज्ञा भवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।
झलनाथ खनाल सम्मानित नेता छानिएका छन् ।
अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।