काठमाडौ । नेकपा(एकिकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने जनाएको छ ।
महासचिव घनश्याम भुसालले प्रचण्डले सरकार नछोडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् । दशौं महाधिवेशन स्थल प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीहरुसँगको कुराकानी उनले यस्तो जानकारी गराएका हुन् ।
संविधान शंसोधनको सन्दर्भका बारेमा भने मुद्दा स्पष्ट आएपछि पार्टीभित्र छलफल गरिने पनि उनले बताए ।