काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिए ।
हिजो समय अभाव भएकोले प्रधानमन्त्री भेट्न सम्भव नभएको हुँदा बिहिबार बिहानै राजीनामा बुझाउने तयारी गरिएको उनले बताए ।