काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका विषयमा बुधबार छलफल गरेको छ ।
कांग्रेस एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछिको सन्दर्भबारे छलफल गर्न बुधबार लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको थियो । बैठकमा कांग्रेस सभापति देउपासँगको कुराकानीको विषयलाई अध्यक्ष महन्थ ठाकुरले जानकारी गराएका थिए ।
लोसपाले यो गठबन्धनलाई साथ दिने वा नदिने भन्नेबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।