वीरगन्ज । नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वाससमेत व्यक्त गरे ।
उनले कांग्रेस र एमालेबिच भएको सहमतिले अब मुलुकले निकास पाउने दाबी गरेका छन् ।डा.कोइरालाले कांग्रेस सधैँ सहमति,सहकार्य र एकताको राजनीतिमा दृढ रहेको बताए । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद रहेको कोइरालाको भनाई थियो ।
कांग्रेस सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलामा उनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।