काठमाडौ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे जनाइएको छ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने एक नेताले बताएका छन् ।
नेकपा एमाले ,नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।
यसैबिच अहिले विहान नौ बजेको लागि नेपाली काँग्रेसले पदाधिकारी बैठक आब्हान गरिसकेको छ ।