काठमाडौं । नेकपा (एकीकृत समाजवादी)पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ ।
बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।
दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया थालनी हुने बताइएको उक्त महाधिवेशनमा नेतृत्वको लागि मेशिन विद्युतिय मेसिन प्रयोग हुने भएको छ ।