काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा व्याप्त विकृति सखाप गर्न सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्न आवश्यक रहेको उनले बताए ।
उनले देशको सामाजिक आर्थिक रूपान्तरण र कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्ने बारेमा पनि सोच्न जरूरी रहेको बताए।
उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरू रहेको बताउँदै गम्भीर राष्ट्रिय सवालमा सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए।सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए।
नेकपा एकिकृत समाजवादीको आजदेखि राजधानीमा शुरु भएको महाधिवेशनमा खनालले उक्त कुरा बताएका हुन् ।