ओली र देउबाबिच बालकोटमा भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच लामै कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
दुई शिर्षस्थ नेताहरुको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट विश्लेषण भएको भए पनि यो भेटलाई अर्थपूर्ण रुपमा धेरैले लिएका छन् ।