काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भास्कर भद्रालाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् ।
थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
यसैगरी पुष्पा खरेल भट्टलाई महिला, जनसङ्ख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मालाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरेको महामन्त्री राजाराम बर्तौलाले बताए ।