काठमाडौ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकार आफै ढल्ने बताएका छन् ।
विराटनगरमा नेपाल मुश्लिम संघको तेस्रो अधिवेशनको उद्घाटनको अबसरमा उनले सो कुरा बताएका छन् । उनले आफुहरु सरकार परिवर्तनको खेलमा नलागेपनि सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गरे । यसैगरी राजनीतिमा बढ्दै गएको अपराधिकरणबाट जोगिन पनि उनले सचेत हुन आग्रह गरे ।