काठमाडौ । नेपाली काँग्रेसले संसदमा जारी आगामी आर्थिक वर्षको विनियोजित बजेट उपर छलफल नसक्एिसम्म अनिवार्य रुपमा संसदमा उपस्थित हुन निर्देशन दिएको छ ।
आज संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले उक्त निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनका अनुसार विनियोजित विधेयक निर्णयार्थ प्रस्तुत नहुन्जेलसम्मको लागि साँसदहरुलाई निर्देशन दिइएको हो ।