काठमाडौ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा कुनै बैचारिक मतभेद नभएको बताएका छन् ।
आसन्न राष्ट्रिय महाधिवेशनले मुलुकमा समाजवादको धारणालाई ब्यवस्थित गर्ने उनको ठहर छ ।
अखिल नेपाल महिला संघ(एकिकृत समाजबादी)को भेलामा उनले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली समाज सुहाँउदो समाजवादलाई कार्यान्वयन गर्न सहयोग मिल्नेमा आफु विश्वस्त भएको बताएका छन् ।