जर्मन भ्रमणमा रहेका नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बर्लिनमा आयोजित एक कार्यक्रममा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।
दुबै देशका राष्ट्रपतिहरुबिच भेटघाट हुनु अघि नै सो सम्मान दिइएको बताइएको छ । आपसी द्धिपक्षिय हितका समेत भेटमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
स्वीजरल्याण्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको निमन्त्रणामा उनी जर्मनी गएका हुन् ।