काठमाडौ । नेपाल मजदुर किसान पार्टीका साँसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न माग गरेका छन ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यस्तो धारणा ब्यक्त गरेका हुन ।
उनले विनियोजित बजेटमाथिको छलफलमा भाग लिंदै जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नभएकोले त्यसको खारेज हुनुपर्र्ने बताए । साथै स्थानीय सरकारको काममा प्रदेश र संघले हस्तक्षेप गर्न नहुने कुरामा जोड दिए ।