काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवस मनाएको छ ।
सोही अबसरमा आयोजित कार्यक्रममा रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाले सरकारमा गएर कुनै गल्ती नगरेको बताएका छन् । रास्वपा प्रति आम नागरिकको ठूलो आशा रहेको भन्दै उनले देश बनाउन र नागरिकको स्तर सुधार्ने जस्ता कार्यभारहरु आफुहरुमा आएको बताए ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकार अझै पुरानै ढर्राबाट चलिरहेको बताउँदै पारा नसुध्रने हो भने खल्तीमा बोकेको राजीनामा दिनुको विकल्प नहुने बताए ।