काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौमा हुने भएको छ ।
जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले समान विचारधारा भएकाहरुको बिचमा राष्ट्रिय मोर्चा बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । बैठकमा अध्यक्ष कमल थापाले पैश गरेको कार्यक्रम समेत पारित गरेको जनाइएको छ ।
बैठकले मुलुकको समसामयिक परिस्थिती, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे पनि छलफल गरेको छ ।