काठमाडौं । उपप्रधानएवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आमनागरिककालागिखुलागर्ने घोषणा गरेका छन् ।
शुक्रबार आफूले कार्यकालकोसयदिन पूरा गरेको सन्दर्भपत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागिमात्रहुने आफ्नो मान्छे भित्रभएमात्रफोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यकालागिआमजनताको लागि सिंहदरबार खुला गरेको बताए ।
उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागिमात्रथियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न कामहुनु पर्छ । नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छे भित्रभएमात्रफोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन ।
सुरक्षिततरिकाले आमनेपालीकालागि अब सिंहदरबार खुला छ ।’यस्तै उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिनेपनिबताए । गृह मन्त्रालयअन्तर्गतकानिकायमाभोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पु¥याउन सकिने व्यवस्था गरिनेउनले जानकारी दिए।उनले भने,‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन,प्रहरीले मेरो कुरा सुनेन,कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउँनकहाँजाने त ? अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखिनराम्राअनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउनसक्नेगरी व्यवस्थामिलाएका छौं । भोलीबाट धेरैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टासेको देख्न सक्नुहुन्छ।’